About Nari

About Nari

पृष्टभुमीः

२०५२ सालदेखी आर्थिक विकास,शसक्तिकरण लगायत विभिन्न प्रकारका समुह र समिती निर्माण गरी सशक्तिकरण समिती मार्फत कृर्षी,पशुपालन,तरकारी खेती,सिंचाई,खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै  २०५६ मा यस केन्द्रको स्थापना गरिएको थियो । उक्त समयदेखी महिला र बालबालिको  सवालमा लैंगिक हिंसा विरुद्धमा कार्य गर्दै आई रहेको छ भने आर्थिक विकास समिती लाई नारी विकास महिला सहकारीमा परिणत गरी २ संस्थाको सहकार्यमा काम गरिरहेका छौं । तर पनि हाम्रो समाजमा दिनानुदिन मानवधिकार हनन् का धेरै घटनाहरु घटिरहेका छन् । 

ज्ल्लिाको  हिसाबले आधा भन्दा बढी स्थान ओगटेको  महिलाहरुको अवस्था पहिलेको तुलनात्मक राजनितिक तथा सामाजिक क्षेत्रमा सुधारात्मक देखिएता पनि महिलामा ठोस परिवर्तन आएको पाईदैन । समाजमा अभैm पनि उपेक्षित र अपहेलित भईनै  रहेका छन् । शैक्षिक, सामाजिक तथा आर्थिक हिसाबले समेत ओझेलमा परेका महिलाहरु प्रति हुने गरेको चर्को शोषण तथा उनीहरुको कारुणिक कथा र व्यथा अझ पनि बढ्दो रहेको छ । देशमा आएका विभिन्न राजनीतिक परिवर्तनहरु पश्चात पनि महिलाहरु प्रति हुने गरेको चौतर्फी शोषण र यसका निदानको उपाय सरकारी तथा गैर सरकारी क्षेत्रबाट प्रभावकारी रुपमा ठोस कदम चाल्न नसक्नु विडम्वनाको रुपमा रहेको छ । यद्यपी महिला हक हितका लागि बहु आयमिक कार्यक्रमहरु संचालन नगरिएका होइनन् । यिनै विविध अवस्थाको मध्यनजर गरी महिला सशक्तिकरण अभियानका लागि अनवरतरुपमा काम गर्ने यो एउटा प्रभाकारी गैर सरकारी सामाजिक संस्थाको रुपमा परिचित रहेकोछ । आर्थिक, सामाजिक बिकास तथा विभिन्न हिंसा विरुद्धको अभियानमा काम गर्ने उद्देश्यका साथ “नारी जागरण केन्द्र धादिङ “ को स्थापना भएको हो । संस्थाले द्दछ औं वसन्त पार गरी सक्दा पनि समाजमा महिला विरुद्ध घटिरहेका हजारौं हिंसाका घटनाहरुले अझै महिला विरुद्धको लैंगिक विभेद खाडल गििहरो रहेको हाम्रो आँकलनछ ।समाजमा रहेको विद्यमान माहला पुरुष बिचको असमान विभेदको अन्त्य गर्नका निमित्त यि कुराहरुलाई मध्यनजर राख्दै संस्थाले नितीगत रुपमा काम गर्नुपर्ने आवाश्यकतालाई महशु९स गरी लैंगिक निती निर्माण गर्न लागिएको हो । साथै संस्थागत सबलता र सुशाासनको लागिआन्तरिक प्रणाली बलियो बनाउदै समुदाय रुपान्तरणका लागि प्रतिवद्धताका साथ अगाडी बढिरहेको छ । संस्थाले दिर्घकालीन सोच सहित बिकासको लक्ष नं।५ यस संस्थाको विधान धारा न।ं २ रणनितक उद्देश्य न।ं ६÷मुल्य मान्यता न।ं  संस्थाको लैंगिक क्षमता विश्लेषणका अन्तर ग्याप० प्रतिवेदनको आधारमा संस्थाले लैंगिक निती तयार गरि मुख्य पथ पर्दशकको रुपमा अवलम्वन गरीएको छ । संस्थाको संस्थागत विकास उद्देश्य र मर्म संग जोडिएको हुँदा यस पाटोलाई विशेष महत्वको साथ लिएको छ । संस्थालाई जीवन्त राखी  एक स्वाबलम्बी र दीगो रूपमा अगाडी बढाउन साथै संस्थाको कार्यक्षेत्र भित्रका महिला शसक्तिकरणका कार्यक्रमहरू संचालन गर्न, स्पष्ट मार्ग दर्शनको रुपमा यो लैंगिक नीतिलाई अवलम्वन गर्दै अनवरत रुपमा अघि वढीरहेको छ ।