Message From Chairman

Message From Chairman

म भगवती उपे्रती,२०५० सालदेखी अर्थात सानै किश्वरी उमेर देखी नै महिला समुहमा बसेर विभिन्न संघ संस्थामा आवद्ध रही सामाजिक सचेतना जगाउदै महिला बालबालिकाको क्षे,काम गर्दै आईरहेको छु । सामाजिक क्षेत्रमा रुचि र चासो भएका विभिन्न वर्ग र उमेर समुहका गृहणी महिलाहरुलाई समेटी,साथ लिई आफ्नै पहलमा र मेहनतमा ग्रामिण भेगका धेरै गाउँपालिका तथा नगरपालिकाहश्रमा महिला पुरुषहरुलाई समेटी मिश्रित समुहहरु निर्माण गरी समुहहरुको दिगो विकासको निमित्त धादिड जिल्ला स्थित २०५२ मा ज्वती महिला बिकास सहकारी संस्था,२०५६ मा नारी जागरण केन्द्र,२०६३ मा नारी विकास बचत तथा ऋण सहकारी संस्था,२०६९ मा नारी जागरण मार्पाक महिला सहकारी संस्था,२०७८मा नारी वाटिका खवर मिडिया खवर लगायत महिला बालबालिका संग सम्वन्धित सहकारी तथा गैह्र सरकारी संस्थाहरु स्थापना गरी धादिगका विभिन्न नगर तथा गाउँपालिका हरुमा काम गर्दै आई रहेको छ भने सवै जसो गाउँपालिकामा महिला समुह,निर्माण भएका छन् । हाम्रो समुदायमा विभेद रहित परिवारको निर्माण गरिनु पर्छ,, समुदायमामा बसोवास गर्ने लैंगिकताको आधारमा,जातिय आधारमा,गरिवताको आधारमा,धर्मको नाममा होस या कुनैपनि वहाना।मा महिला बालबालिका माथी हिंसा हुनु हुदैन,। क्तिपय स्थानमा माथिल्लो ओहोदामा बसेका,धनी र शिक्षित वर्गका महिलाबाटै पनि ,निम्न वर्गका अशिक्षित महिला माथी पनि ,हिंसा गर्ने गरेका धेरै पाईन्छ, भन्न खोजेको कुरा के हो भने पढेलेखेका,जानेबुझेका महिलाकै समलग्नमा चेलीवेटी बेचविखन,यौन व्यवशायमा जवर्जस्ती लगाउने,सौतामाथी जानी जानी विहे गर्ने,वा आफ्नो स्वार्थ पुर्तीका लागी जवर्जस्ती सम्वन्ध विच्छेद गर्न वाध्य पार्ने जस्ता कार्य भएको पाईन्छ । तर इमान्दारिता,जिम्मेवारीपन र विश्वासिलो कार्य नारीहरुमै बढी हुने गरेको पाईन्छ । आफ्नो घर परिवार,बालबच्चाको सिहार सुसार गरीपाउनाको सेवा सत्कारमा तल्लिन भई अशल गृहणी र अशल आमाको रुपमा भुमिका निर्भाह गर्दै समाजमा सकारात्मक परिवर्तनका निमित्त लागि परेका सयौं नारीहरले गरेका राम्रा कार्यको सरकारी,गैह्र सरकारी,स्थानिय तह,राजनितिक तह र सवै सवैबाट उचित मुल्याड।कन गरियोस यही चाहान्छौ हामी । जव सम्म महिला माथी हुने विभिन्न प्रकारका हिंसाको अन्त्य हुदैन तव सम्म हाम्रो देशमा विकासले सार्थकता पाउदैन भन्ने हाम्रो मान्यता रहेकोछ । विषेश गरी लैंगिक हिंसा विरुद्धमा हरपल सेवामा रही,आफै संलग्न भई पैरवी,वकालत,हिंसा प्रभावितहरुका लागी कानुनी उपचारमा आर्थिक,प्राविधिक, सुरक्षित आवास व्यवस्थापन गरी सहयोग गरिरहेका छौं । हाल धादिग जिल्ला निलकण्ठ नगरपालिका बिचवजार जस्तो महत्वपुर्ण स्थानमा नारी विकास र नारी जागरण केन्द्रको सयुक्त प्रयासमा केही आर्थिक स्रोत चन्दा,दान जुटाई ”नारी सुरक्षा आवस ” भवन समेत निर्माण गरि सकेका छौं भने २०७८ वैशाख १ गतेबाट संस्थाको आफ्नै भवनबाटै समाज विकास र लैंगिक हिंसा विरुद्धका कार्यक्रम हरु संन्चालन गरी उक्त भवन निर्माणमा लागेको  लागत खर्च जुटाउन अनवरत प्रयासमा खटिरहेकी छु ।